दफा ४
इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
: (१) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालन गर्न चाहने कम्पनीले इजाजतपत्र प्राप्त गर्नका लागि देहाय बमोजिमको कागजात वा विवरण खुलाई तोकिएको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ –
(क) कम्पनीको नाम,
(ख) कम्पनी दर्ताको प्रमाणपत्र, प्रबन्धपत्र र नियमावलीको प्रमाणित प्रतिलिपि,
(ग) प्रचलित कानून बमोजिम मूल्य अभिबृद्धि करदर्ता प्रमाणपत्रको प्रतिलिपि,
(घ) वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी विस्तृत कार्य योजना, लाभांश, कमिशन बाँडफाँट योजना,
(ङ) तोकिए बमोजिमका अन्य विवरण ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र माग गर्ने कम्पनीको चुक्ता पूँजी कम्तीमा एक करोड रुपैयाँ हुनु पर्नेछ ।